
तपाईं मार्केटिङ गर्दै हुनुहुन्छ भने, तपाईंमा सहनीयपन अनिवार्य हुन जान्छ । क्रेतामा तपाईंको प्रभाव पर्नुपर्ने हुन्छ, वार्तालाप गर्ने क्षमता र सही क्रेता छान्न ढिलाई गर्नु हुँदैन । तपाईंसँग वस्तु विवरण पर्याप्त मात्रामा हुनुपर्छ ।
मार्केटिङको कुनै सूत्र हुँदैन तर लक्ष्य बिना मार्केटिङ गर्न सकिदैन । मार्केटिङमा जे जुक्ति लगाउनु हुन्छ, त्यस्मा तपाईं आँफै विश्वशत हुनुहोस्। एुटै वस्तुलाई फरक फरक तरिकाले बिक्री गर्न सकिन्छ। तपाईंको एुटा मात्र फरक बिचारले अथवा नयाँ कुराले क्रेता तपाईंको वस्तु किन्न तयार हुन्छ।